नेपाल मगर संघ पाल्पाद्धारा अग्नीपिडितहरुलाई ११ लाख सहयोग

Read Time:3 Minute, 11 Second

पाल्पा बैशाख १९
नेपाल मगर संघ जिल्ला समिति पाल्पाले सहलकोट २ पुरानथर पाल्पाका २५ घर अग्नीपिडित परिवारलाई सहयोग उपलब्ध गराएको छ ।संघले २६ बोरा चामल,२ बोरा आलु ,३ बोरा नुन र तानसेन नगरपालिका भित्र संकलन गरेको २ जीप बराबरको लत्ता कपडा गाउँमै गएर उपलब्ध गराएको छ । नेपाल मगर संघका अध्यक्ष बल बहादुर गाहा मगरको नेतृत्वमा गएको टोलीले यही बैशाख १७ गते अग्नीपिडित राहत समितिका संयोजक पहल िसं िसंजालीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेको थियो । पिडित परिवारलाई सहयोग गर्न नेपाल मगर संघ जिल्ला समिति पाल्पाले तानसेन नगरपालिका भित्र एक हप्ता सम्म सहयोग संकलन गरेको संघका अध्यक्ष गाहा मगरले जानकारी दिए । उनले डेडलाख बराबरको सामग्री सहयोग गरेको पनि बताए ।

गएको चैत्र २४ गते पूर्वी पाल्पाको सहलकोट गाविस वडा नं. २ पुरानथरको २५घरमा आगोलागि भएको थियो । सवै काममा भएको बेला दिउसो आगोलागि भएपछि शरिरमा लगाएको लुगा बाहेक घरमा भएको सवै सामग्री र पशुहरु पनि जलेर नष्ट भएको थियो । आगलागीबाट पिडित पुरानथर बासीलाई यस अघि जिल्ला प्रशासन कार्यालय पाल्पाले १ लाख ५० हजार नगद, सहलकोट गाविसले २ लाख ७५ हजार नगद र जिल्ला विकास समितिले ५० हजार नगद सहयोग गरेको थियो ।

यस्तै पूर्वी पाल्पालाई कर्मथलो बनाउदै आएका जापानी नगरिक काजुमासा काकीमी ओके बाजीले २ लाख सहयोग र ५ लाख रिन उपलब्ध गराएका अग्नीपिडित राहत समितिका संयोजक पहल िसं िसंजालीले जानकारी गराए । यस्तै रेडक्रस सोसाईटी, नेपाली काँगे्रस पाल्पा, पछौटेपन उन्मुलन समाज, बेस नेपाल लगायत विभिन्न संघ संस्था र व्यक्तिहरुले पनि अग्नीपिडितहरुलाई नगद तथा विभिन्न सामग्री सहयोग गरेका थिए । संयोजक िसंजालीका अनुसार अहिले सम्म करिव ११ लाख नगद सहयोग संकलन भएको र विभिन्न लत्ता कपडाहरु समेत प्राप्त भएको जानकारी गराए । उनले आफुहरुको दुखमा गर्नु भएको यो सहयोगलाई पुरानथर बासीले कहिल्यै नभुल्ने बताउदै सवैलाई धन्यबाद दिए । करिव एक महिना अघि भएको आगोलागिबाट सहलकोट पुरानथर टोलको झण्डै एक करोड १७ लाख भन्दा बढी क्षती भएको थियो ।

हरि बहादुर सारु मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %