प्रदेश नं ४ को मगर भूपू सैनिक संघको अधिवेशज सम्पन्न्, अध्यक्षमा नरबहादुर श्रीस मगर

Read Time:2 Minute, 26 Second

कास्की, पुस १५ गते – नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको ४ नं.प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । कास्की मगर संघको भवनमा भएको प्रथम अधिवेशनले नर बहादुर श्रीस मगरलाई अध्यक्ष चुनेको छ । मगर भूपू सैनिक/प्रहरी संघ कास्कीका अध्यक्ष पूर्ब प्रहरी नायक निरिक्षक चन्द्र प्रकाश थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ केन्द्रिय समितिका  उपाध्यक्ष एबं ४ नं.प्रदेश ईन्चार्ज मनधरी आले मगरको प्रमुख आतिथ्यतामा मगर भूपू सैनिकको प्रथम अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा मगर भूपू सैनिकका केन्द्रिय सदस्य एबम प्रदेश ४ का ईन्चार्ज सु. चन्द्र बहादुर मर्सांगी थापा मगर ,केन्द्रिय सदस्य हस्त बहादुर थापा मगर , संघका सल्हाकार मेजर चोक बहादुर थापा मगर , मेजर डा. पेरम ले मगर लगाएतको अथितिमा उपस्थित रहेको थियो । अधिवेशनले अध्यक्षमा नर बहादुर सिरिस मगर -बांगलुंग ,उपाध्यक्ष मा जय बहादुर थापा मगर – तनहुँ , सचिबमा क्षेत्र बहादुर राना मगर – कास्की ,कोषाध्यक्षमा गौमती थापा मगर – कास्की र सहकोषाध्यक्षमा नेत्र बहादुर थापा मगर – तनहुँ चुनिनु भएको छ । सदस्यहरूमा : क्या.कुलमान सिरिस मगर – बागलुंग , सु. धन बहादुर हाला मगर – तनहुँ ,सु.गुम बहादुर पुन मगर – पर्वत ,भूपेन्द्र मास्की राना मगर – तनहुँ , राजिन थापा मगर – तनहुँ ,रन बहादुर थापा मगर – स्यांजा , गिरी प्रशाद थापा मगर – स्यांजा , बेल बहादुर पुन मगर -पर्वत र दुर्गा बहादुर थापा मगर – बागलुंग चयन हुनु भएको छ । एक जना उपाध्यक्ष , एकजना संगठन सचिब , एक जना प्रचार सचिब र बाँकी सदस्यहरू पछि पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भएको परदेस ४ का ईन्चार्जजूले जानाकारी गराउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %