मधेशवादी दलका कारण बाँकेमा मतदाता नामावली संकलन कार्य रोकियो

Read Time:1 Minute, 26 Second

बाँके (खजुरा), १९ वैशाख

बाँके जिल्लामा मधेसवादी दलको विरोधका कारण फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य अवरुद्ध भएको छ ।

मधेसवादी दलहरुको अवरोधका कारण नेपालगन्ज नगरपालिकामा सङ्कलन कार्य असहज भएपछि क्षेत्रीय निर्वाचन कार्यालयले जिल्लाका गाविसमा सङ्कलन कार्यलाई तीव्रता दिएको थियो ।

तर मधेसवादी दलका नेता तथा कार्यकर्ताले गाविसमा गएर मतदाता नामावली सङ्कलनमा खटिएका कर्मचारीलाई धम्क्याउन थालेपछि नामावली सङ्कलन कार्य तत्कालका लागि रोकिएको क्षेत्रीय निर्वाचन कार्यलयका प्रमुख कृष्णप्रसाद खरेलले जानकारी दिए  ।

निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य मधेसी जनजाति र दलित जातिको विरुद्ध भएको ठहर गर्दै संयुक्त मधेसी मोर्चाले विरोध जनाउँदै आएको छ ।

मोर्चाका अध्यक्ष हीरालाल लोनियाले आजदेखि ठाउँठाउँमा कार्यकर्ता खटाएर मतदाता नामावली सङ्कलन कार्यलाई रोकिएको चेतावनी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %