एमएनओ (डा. गोपाल गुरुङ) का सचिव सहित १६ कार्यकर्ता पक्राउपछि रिहा ।

Read Time:3 Minute, 40 Second

काठमान्डौ,अशोज ३ / शान्तिबाटिकामा संबिधान दिवसलाई कालो दिन मनाउन भेला हुने क्रममा पक्राउ परेका मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङका केन्द्रिय सचिव लोक तामाङ्ग रअनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ्ग, लगायत १६ जनालाई ७ घण्टा पछि महानगरीय ट्राफिकप्रहरी वृत्त दरबार मार्गबाट बिना सर्त रिहाइ भएका छन् ।

पक्राउ पर्नेमा भूपू सैनिक संगठनका संयोजक बल बहादुर दुमी, मजदुर संगठनका कान्छा राई, केन्द्रिय सदस्य दिलु राई, रमा राई, नर बहादुर राई, भिम चाम्लिङ्ग, तेज सुनुवार, प्रेम तामाङ्ग, सुनिल थामी, रुपेन्द्र तामाङ्ग, खमबिर तामाङ्ग, सुनी खेवा लगायत रहेका छन् l शान्तिपूर्ण र्याली तथा कोणसभाको लागि नेता कार्यकर्ता कार्यक्रमस्थलमा झण्डा, प्लेकार्ड, साउण्ड सिस्टम, ब्यानर बोकेर पुग्ने बित्तिकै सबै कब्जा गरिएको थियो ।

प्रशासनको हस्तक्षेप पछि सयौ नेता, कार्यकर्ता महानगरीय ट्राफिक वृत्त दरबार मार्गमा नेता कार्यकर्ताको रिहाइको माग गर्दै धर्ना बसेका थिए भने ६ घण्टा लामो बहसपछि रिहाइ भएका थिए l रिहाइ पछि संगठनका संयोजक बीरलाल राईले खादा ओढाई कार्यकर्ता सम्मान गर्नु भएको थियो । आफ्नो कार्यकर्ता रिहाइ भएपछी संगठनका संयोजक बीरलाल राईले प्रतिक्रिया दिदै लडाई जारि रहेको बताउनु भयो l आफुहरु योद्धा भएको बताउदै भिखारी नसम्झिन नेपाल सरकारलाई चेतावनी दिनु भएको छ l

मंगोलहरु भिखारी नभएकाले आफ्नो अधिकार मागेर होइन लडेर लिने बताउनु भयो l आफुहरु सिंहको सन्तान हो, सिंह जस्तै भएर लड्ने हो l जबसम्म बर्णभेदि नीतिको अन्त्य हुदैन तब सम्म चुप लागेर नबस्ने बताउनु भयो l नेता राईले आफुहरु डा. गोपाल गुरुङको चेला भएकाले कुनै हालतमा नझुक्ने बताउनु भयो l यसै गरि अर्का प्रखर नेता दिनेश बान्तावाले शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्नु लोकतान्त्रिक मूल्यमान्यताभित्र नपर्ने बताउनु, शान्तिपूर्ण बिरोध गर्नु मौलिक अधिकार भए पनि बाहुनबादी सरकारले निरंकुस्ता देखाएको आरोप लगाउनु भयो । कार्यक्रमको बिषयलाई लिएर संगठनको भोलि नै समिक्षा गर्ने संगठनका सचिव लोक तामाङ्गले जानकारी गराउनु भएको छ l

संगठनले सुनसरीको इटहरी र संखुवासभा जिल्लामा अशोज ३ लाई बृहत र्याली सहित कोन सभा गरि कालो दिन मनाएको छ भने प्रदेश ३ को दोलखा, प्रदेश ६ को सुर्खेत लगायत जिल्लाहरुले समेत कालो दिन मनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %