नेपालगन्ज, १८ वैशाख
मधेसवादी दलको विरोधका कारण बाँके जिल्लामा मतदाता नामावली सङ्कलनमा असर परेको छ ।
मधेसवादी दलले प्रेस विज्ञप्तिमार्पmत आजसम्म मतदाता नामावली सङ्कलन कार्य बन्द नगरिए बिथोल्ने चेतावनी दिएका थिए । चेतावनीका कारण जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलक टोलीलाई गाउँगाउँबाट फिर्ता बोलाउन सुरु गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख कृष्ण खरेलका अनुसार मुठभेडको स्थिति सिर्जना हुनसक्ने कुरालाई दृष्टिगत गरी टोलीलाई फिर्ता बोलाउन सुरु गरिएको हो । अर्को निर्णय नभएसम्म नामावली सङ्कलनका लागि नियुक्त गरिएका कर्मचारीलाई बिदा गरिने पनि उनले जानकारी दिए ।