प्रेमध्वज गाहा मगर
नवलपरासी , असोज २ – राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान २०७२ को पुनर्लेखनको माग गर्दै मंगलबार देशभरका विभिन्न जिल्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
(जिल्ला नेता द्धारा नवलपरासीमा ज्ञापन पत्र बुझाउदै)

पार्टीले संबिधानमा ब्यवस्था गरिएका कतिपय कुराहरु सिंगो आदिवासी जनजाति , मधेसी , महिला , मुस्लिम र अल्पसंख्यक जनताको हितमा नभएको ठहर गर्दै संबिधान दिवसको पुर्बसन्ध्यामा जिल्ला प्रशासन कार्यालय मार्फत संविधान पुनर्लेखनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीले पनि मंगलबार ३९ सुत्रीय माग सहित जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पुर्ब नवलपरासीमा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा धर्म निरपेक्षतालाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने , वैदेशिक रोजगारमा रहेका नेपालीको ५ नं. प्रदेशका मुख्य मन्त्रीलाईमताधिकार सुनिश्चित गर्नुपर्ने , भ्रष्टाचारिलाई देशद्रोही घोषणा गर्नुपर्ने , सबै समुदायको प्रतिनिधित्व हुने गरि पांच सदस्यीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने , प्रत्येक्ष कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था हुनुपर्ने लगायतका माग गरिएको छ ।
(५ नं. प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै नेता धनि आले)

पार्टी जिल्ला अध्यक्ष तिलबहादुर झेंडिको नेतृत्वमा गएको टोलिले बर्दघाट सुस्ता पुर्ब नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपाल समक्ष ज्ञापन पत्र बुझाएको हो ।
(पर्बतमा ज्ञापन पत्र बुझाउदै संघीय परिष्द सदस्य मान कुमारी पाईजा)
टोलिमा संघीय परिषद सदस्य नर बहादुर ठाडा , जिल्ला सचिब ओम थापा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बर्दियामा
राष्ट्रिय हितका सवालमा पार्टीले गरेका र उठाएका माग मुद्दाको बेवास्ता गरे सरकार विरुद्ध पार्टीले कडा अभियान थाल्ने जिल्ला अध्यक्ष तिल बहादुर झेंडिले बताउनु भयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीपक नेपालले पार्टीले उठाएका जायज मागको सम्बोधन गराउन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
(रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पछि सामुहिक तस्बिर लिदै नेताहरु) ।

ज्ञापन पत्र बुझाएको अन्य जिल्लाहरुमा ४ नं. प्रदेशको गोर्खा ,तनहुँ,कास्की, पर्बत,बागलुंग र म्यागदी ५ नं. प्रदेशको पाल्पा,रुपन्देही,कपिलबस्तु,दांग र बर्दियामा ज्ञापन पत्र बुझाएको समचारहरु राज्यसत्तालाई प्राप्त भई रहेकोछ ।
