काठमाडौँ, १८ वैशाख
शान्तिप्रक्रिया र संविधान लेखनका लागि एकीकृत नेकपा (माओवादी)ले संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुसँग आजदेखि वार्ता गर्ने भएको छ ।
माओवादी पार्टीको स्थायी समिति, केन्द्रीय समिति एवम् पदाधिकारी बैठकले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन र संविधान लेखनलाई अगाडि बढाउन अन्य दलसँग वार्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी संसदीय दलको कार्यालयमा सो विषयमा नेकपा (एमाले)सँग गर्ने भनिएको आज बिहानको वार्ता भने स्थगित भएको छ ।
प्रधानमन्त्री झलनाथ खनाल र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रमका सभालाई सम्बोधन गर्न जानु परेकाले बिहानको बैठक स्थगित भएको बताइएको छ ।
माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आजै नेपाली काँग्रेससँग वार्ता गर्ने तयारी भइरहेको छ ।माओवादीद्वारा गठित वार्ता टोलीमा अध्यक्ष दाहाल, उपाध्यक्षत्रय डा बाबुराम भट्टराई, मोहन वैद्य र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा छन् । वार्ता मुख्यतः सेना समायोजन र संविधान लेखनका बाँकी काम कसरी पूरा गर्ने विषयमा केन्द्रित रहने बताइएको छ ।