काठमाडौँ, १८ वैशाख
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सरकारले भोलि पूर्णता पाउने बताएकाछन् ।
पेसागत महासङ्घ नेपालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टीभित्रका आफूलाई वजनदार सम्झने नेताले यो सरकार अब टिक्दैन, राजीनामा दिनुपर्छ भन्ने जेजस्ता कुरा गरे पनि यही सरकारले शान्ति र संविधानको कार्यभार पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे ।
उपाध्यक्ष गौतमले मुलुकमा गणतन्त्र स्थापनापछि कम्युनिस्ट पार्टीका तीनवटा हस्ती प्रधानमन्त्री भए पनि शान्ति र संविधानको कार्यभार पूरा गर्न सकेनन् भनी सर्वत्र आलोचना खेपिरहनुपरेको अवस्थालाई अन्त्य गर्न अब केही हप्ताभित्रै शान्तिप्रक्रिया टुङ्गोमा पु¥याइने र आगामी जेठ १४ गतेभित्रै संविधानको खाका ल्याइने वताए ।
उनले शान्ति र संविधानको उद्देश्यका साथ सङ्क्रमणकाललाई छोट्याउन सरकार ढृण रहेको उल्लेख गदै सरकारलाई अप्ठ्यारो पार्नेगरी बन्द, हड्ताल र मागहरु अगाडि नसार्न श्रमिकहरुसँग आग्रह गरे ।