१४ जनाको मृत्यु, ९ जना घाईते , शोकमा तानसेन

Read Time:4 Minute, 59 Second

दुई पटक स्थगित भएपछि आज तय भएको थियो सहकारीको भ्रमण
देब पचभैया
पाल्पा, जेठ १८ – एउटै बजारको १४ जनाको ज्यान जानेगरी पाल्पामा भएको बस दुर्घटना पछि तानसेन बजार शोकमा डुवेको छ । 

Image may contain: plant, tree, outdoor and nature
ज्यान गुमाउने अधिकांस स्थानीय ब्यापारी भएकाले बजारहरु बन्द भएका छन् । अध्ययन भ्रमणका लागी तानसेन बाट पुर्वी पाल्पाको रामपुर जादै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारी सहित अन्य अतिथि चढेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुई पटक स्थगित भएपछि तेस्रो पटक तय भएको थियो भ्रमणको । बिहिबार देखि अबिरल बर्षा भएपछि भ्रमणमा नाम टिपाएका ७ जना नगएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हरी रायमाझीले जानकारी दिनुभयो । रायमाझी स्वयम् भ्रमणमा निस्किएपनि अबिरल बर्षा भएकाले नगएको बताउनुभयो ।
दुर्घटनामा एकै घरका दुई दाजुभाईको समेत ज्यान गएको छ । सहकारीका अध्यक्ष बिष्णुमान बज्राचार्य र उहाका भाई सचिन संगै १४ जनाको ज्यान गएको हो ।  र तानसेन ३ की मुना सारु उपचारको क्रममा  लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहोरा, कृष्ण मान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोक प्रसाद ढकाल, दुर्गा बहादुर सारु, सुशिल श्रेष्ठ, देबेन्द्र प्रधान, बसन्ती खांड र दुर्गा देबी श्रेष्ठको ज्यान गएको हो ।

Image may contain: outdoor

घाईते तानसेन २ का ३४ बर्षिय प्रफुल शर्मा, तानसेन ३ का २७ बर्षिय बिमल रन्जन, तानसेन २ का ५८ बर्षिय उत्तम बज्राचार्य, तानसेनका ५८ बर्षिय ओम मलेगु, तानसेन ९ की ३७ बर्षिया मिना खाम्चा, तानसेन ६ का ४० बर्षिय अर्जुन थापा, तानसेनकै २० बर्षिय सान्त बज्राचार्य, तानसेन ६ की ८१ बर्षिया पूर्णमाया महर्जन को तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ भने अन्य एक घाईते तानसेन ३ का प्रबिन बज्राचार्यको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेनका पाहुनालाई स्वागत गर्न रामपुर स्थित अन्धकार मुक्ति सहकारी सस्थाका पदाधिकारी तयारीमा रहेका थिए ।

जमिन भासिएर दुर्घटना :  प्रहरी 
१४ जनाको ज्यान जाने गरी भएको पाल्पाको बस दुर्घटना जमिन भासिएर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  तानसेन बाट जादै गरेको दुर्घटनामा परेको लु २ ख ९७५ नम्बरको बस र रामपुर बाट तानसेन आउदै गरेको जिप रम्भा गाउँपालीका ६ हुमिन निरको बिच जंङ्गलमा भेट भएका थिए । बसले गाडीले ब्याक गरेर साईड दिन खोज्दा जमिन भासिएर सडक देखि झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका गंभिर घाईते हेलिकप्टर बाट काठमाण्डौ लगियो :
 १४जनाको ज्यान जाने गरी पाल्पामा भएको बस दुर्घटनाका गंभिर घाईते ३ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । घाईते प्रबिन बज्राचार्य, सन्तम बज्राचार्य र अनुज थापालाई नेपाली सेनाको हेलिकप्टर बाट काठमाण्डौ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाईते ३ नै जनालाई काठमाण्डौं स्थित ग्रीन हस्पीटलमा  उपचार गराइएको आफन्तहरुले जनाएका छन् । घाईते अन्य ६ जनाको पाल्पा स्थित युनाईटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %