प्रेमध्वज गाहा ,
नवलपरासी , बैशाख २८ – राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीको शुक्रबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट तिल बहादुर झेँडी मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समितिको चयन भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा , गुन बहादुर बाचे मगर , उपाध्यक्षमा भुपालसिँ आले , महिला उपाध्यक्षमा पार्बती थापा मगर निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा ओम बहादुर थापा , उपसचिवमा तिलक थापा, सँगठन सचिवमा शत्रुघन थापा, अर्थ सचिवमा बुद्धि बहादुर सारु निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा हेम बहादुर बाचे , नारायण बहादुर थापा , मनोज श्रेष्ठ , बिष्णुमाया सुनार , जँग बहादुर चिडी, दलबहादुर हिस्की, धनकुमारी कानुङ, जगमाया राना, एक बहादुर लुँगेली , र लाल बहादुर लँुगेली निर्वाचित हुनुभएको छ ।

कावासोतीको मनकामना सभाहलमा सम्पन्न अधिबेशनमा १८ जना कार्यसमिति सदस्यहरुको घोषणा भएको हो भने बाँकी सात सदस्य पछि थपिने नवचिर्वाचित अध्यक्ष तिल बहादुर झेँडीले जानकारी दिनुभयो । अधिबेशनको खुला सत्रमा अधिबेशन सँयोजक गुन बहादुर बाचेको अध्यक्षता रहेको थियो भने सँघीय परिषद सदस्य नरबहादुर ठाडा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नर बहादुर ठाडाले नवलपरासि जिल्ला २ भागमा टुक्रेपछि बनेको पार्टीको नवलपुर जिल्ला समितिले जातीय , भौगोलिक , र लैँगिक उत्पीडिनमा परेका समुदायलाई समेट्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । अधिबेशनमा जिल्लाभरका ५० जना प्रतिनीधि र ३० जना पर्यबेक्षकहरुले सहभागीता जनाएका थिए ।
