महेन्द्रनगर, १७ वैशाख
नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले राष्ट्रिय सहमतिको स्वरुप तयार गर्न नसकेको आरोप लगाएका छन् ।
प्रेस चौतारी कञ्चनपुरले आयोजित गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकारको विकल्पभन्दा पनि नेपाली काँग्रेस र मधेसवादी सबै दललाई समेट्ने प्रयास नभएको बताए ।
आगामी जेठ १४ पछि संविधानसभाको म्याद बढाउने पहिलो सर्त संविधान निर्माणको सुनिश्चिता भएको उल्लेख गर्दै पूर्वप्रधामन्त्री नेपालले माओवादीले शान्ति र संविधानको विषयमा निर्णय गरे पनि विश्वसनीयतामा फेरबदल भइरहने कारणले आशङ्का भएको बताए । वरिष्ठ नेता नेपालले माओवादी निशस्त्र हुनुपर्ने कुरा दोहो¥याउँदै माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता गर्नुपर्ने तथा वाइसिएल भङ्ग हुनुपर्ने बताए ।