जनकपुरधाम, १६ वैशाख
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको बताएका छन् ।
पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानसभाको म्याद थप गरिएमा सद्भावनाका सभासद्ले संविधानसभाबाट नै राजीनामा दिने चेतावनीसमेत दिए ।
अध्यक्ष महतोले भाषा, धर्म र जातका नाममा मधेसलाई खण्डित गर्ने षड्यन्त्र भइरहेको वताए । केही राजनीतिक दलको स्वेच्छाचारी प्रवृत्तिका कारण आगामी जेठ १४ गतेभित्र जनताले संविधान प्राप्त नगर्ने उनले बताए ।