अनाथ आश्रमलाई गुम्बाद्वारा आर्थिक सहयोग

Read Time:2 Minute, 14 Second

मन्जित चौधरी

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ७ सेमरा बजार स्थित सिद्धार्थ गुम्बा परिवारले शनिबार एक कार्यक्रम बीच ति.न.पा.–१२ आश्रम पथ मणिग्राम स्थित आन्मशान्ति अनाथ आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

आश्रमका अध्यक्ष मैना देवी भण्डारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गुम्बाले आश्रमलाई रु. १०,००० आर्थिक सहयोग गरेको हो । गुम्बाका अध्यक्ष कुल बहादुर गुरुङ्गले आश्रम अध्यक्ष भण्डारीलाई सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले गुम्बाले आश्रमलाई गरेको सहयोग अति नै पुण्य काम रहेको र उक्त सहयोगले आश्रमका बाल बालिकाहरुको खानपान, शिक्षा लगायत विविध सेवाहरु उपलब्ध गराउन सहज हुने बताउँदै अब अन्य संघ–संस्थाहरुले पनि अनाथ बालबालिकाहरुको सर्वाङ्गीण विकास र व्यवस्थापनका लागि सहयोग गर्न अपरिहार्य रहेको बताए ।

कार्यक्रममा गुम्बाका सचिव शंकर गुरुङ्ग, नमुना युवा क्लव सेमरा बजारका अध्यक्ष बलिराम माली, तमु ह्युल छों धी गुरुङ्ग राष्ट्रिय परिषद वडा इकाई अध्यक्ष पुर्ण बहादुर गुरुङ्ग, सिन्ध आमा समुह सेमरा बजार अध्यक्ष शोभा कुमारी गुरुङ्ग, गुम्बाका बरिष्ठ सल्लाहकार दिल बहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आश्रमबाट उपस्थित अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन सुष्मा सापकोटा र शुसील श्रेष्ठले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %