प्रचण्डको राजनीतिक प्रस्ताव माओवादी केन्द्रिय समितिद्धारा बहुमतले पारित

Read Time:1 Minute, 42 Second

काठमाडौँ, १६ वैशाख
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव बहुमतबाट पारित गरेको छ ।

गत शुक्रबारदेखि चलेको वैठकले शान्ति र संविधानमा जोड दिँदै अध्यक्ष दाहालको सो प्रस्ताव पारित गरेको हो ।  पार्टीका उपाध्यक्ष मोहन वैद्यले भने अध्यक्षको प्रस्तावमाथि सैद्धान्तिक असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखका छन् ।

उपाध्यक्ष वैद्यले गत मङ्सिरमा सम्पन्न पार्टीको विस्तारित बैठकको म्यान्डेटअनुसार तत्कालको कार्यनीति जनविद्रोहलाई बनाउनुपर्नेमा जोड दिदै आएका थिए  ।

शान्ति र संविधानप्रति षड्यन्त्र सुरु भइसकेकाले जनव्रिदोहमा जानुपर्ने कुरा उल्लेख गरी उनले पनि बैठकमा छुट्टै प्रस्ताव पेस गरेका थिए  ।

अध्यक्ष दाहालले भने तत्काल शान्ति र संविधानलाई नै कार्यनीति बनाई त्यसमा अवरोध खडा भएमात्र जनविद्रोहमा जानुपर्ने विचार राख्दै आएका थिए  ।

अध्यक्षको सो विचारलाई अर्का उपाध्यक्ष डा बाबुराम भट्टराई पक्षधरले साथ दिएकाले उनको प्रस्ताव बहुमतले पारित हुन सम्भव भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %