पेरोन ट्रष्टको छात्रबृत्रि शिबम पचभैयालाई

Read Time:2 Minute, 40 Second

देब पचभैया

पाल्पा, चैत्र २०

रिब्दीकोट गाउँपालीका ५ नयांटोला , पाल्पाका शिबम पचभैयाले छात्रबृति पाएका छन् ।   क्विन्स गोरखा ईन्जिनियरका पूर्ब कर्नल आफ् दि रेजिमेंट एमब् बेलायती सेनाका पूर्ब (कमाण्डर ईन चिफ) प्रधान सेनापति पेरोन द्धारा हरेक बर्ष प्रदान गरिने गरिब तथा जेहेन्दार बिधार्थीको रुपमा शिबमले यस बर्षको छात्रबृति पाएका हुन् । मंगलबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी ट्रष्टका सहयोगी हुम बहादुर थापा (पचभैया) ले शिबमलाई छात्रबृत्रिको ६३ हजार नगद प्रदान गरेको हो ।
तानसेन स्थित मिलेनियम उच्च माबिमा स्नातक अन्तिम बर्षमा अध्ययनरत २१ बर्षिय शिबमलाई छात्रबृत्रि प्रदान गर्दे ट्रष्टका सहयोगी हुम बहादुर थापाले नेपालका गरिब तथा जेहेन्दार बिधार्थीलाई अध्ययनमा सहयोग पुगोस भनेर बिगत देखिनै पेरोन ट्रष्ट द्धारा आर्थिक सहयोग दिदै आएको जानकारी दिए ।
सम्बन्धीत बिधालय वा क्याम्पस र स्थानिय निकायको सिफारिका आधारमा बिधार्थीलाई छात्रबृति प्रदान गरिदै आएको बेलायती सेनाबाट अवकास पाउनु भएका थापाको भनाई छ ।
आर्थिक अभाबकै कारण नेपालका हजारौ बिधार्थीले उच्च शिक्षा हाशिल गर्न नपाएको भन्दै बेलायतका पूर्ब सैनिक प्रमुख पेरोन द्धारा ट्रष्टको स्थापना गरी छात्रबृत्रि प्रदान गरिएको क्विन्स गोरखा ईन्जिनियर रेजिमेन्ट एसोसिएसन काठमाण्डौका अध्यक्ष मेजर सुर्ज बहादुर थापाले जानकारी दिनु भयो । नेपाल भरीमा अहिले सम्म सयौ बिधार्थीले पेरोन ट्रष्टको छात्रबृत्रि पाएको थापाको भनाई रहेको छ । छात्रबृति पाएपछि आफ्नो पढाइलाई अघि बढाउन थप हौसला बढेको भन्दै बेलायती संस्था पेरोन ट्रष्टलाई शिबम पचभैयाले धन्यबाद दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %