नेपाल अादिवासी जनजाति पत्रकार महासंघ रूपन्देहीकाे पदस्थापना कार्यक्रम

Read Time:2 Minute, 29 Second

सनु थापा

१३ चैत्र बुटवल । पत्रकारहरुले आफ्नो व्यवसायिक दक्षतालाई विकास गर्दै लैजानु पर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको आज मंगलबार बुटवल अम्रपाली कटेजमा भएको पदस्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिनुभएको हो ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसिले पत्रकारहरु समाजको मार्गदर्शक भएको बताउँदै समाजलाई सहि दिशामा डो¥याउने दायित्व पत्रकारको भएको बताए । आदिवासी जनजाति पत्रकारहरुमा सशक्त व्यवसायिक पत्रकारिताको खाँचो रहेको पनि उहाँले औल्याउनु भयो । राष्ट्रिय समाचार समितिका प्रदेश पाँच संयोजक भरत केसीले पत्रकारहरुले सकारात्मक पक्षमा कलम चलाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा समितिका निवर्तमान कोषाध्यक्ष सुन्दर तरामुले संस्थाको आर्थिक जिम्मेवारी एवं खाता कोषाध्यक्ष कृति पुनलाई हस्तान्तरण गरेका थिए फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष मिलन गाहा,सल्लाहकारहरु भिम गुरुङ, अधिवक्ता सुर्य श्रेष्ठ, समाजसेवी मनोज राना, निवर्तमान सचिव आशिष सुर्यबंशी लगायतले पाँचौ अधिवेशनबाट निर्वाचित कार्य समितिलाई बधाइ एवं सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
अम्रपाली कटेजमा भएको कार्यक्रमको सञ्चालन यशोदा थापाले गरेका थिए । गत फागुन १८ गते फोनिज रुपन्देहीको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले सनु थापाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %