स्थानिय तहमा निति, नियम र कानुन बनाउँदा आदिवासी जनजातिका मुद्दाहरुलाई विशेष प्राथमिकता

Read Time:2 Minute, 35 Second

सनु थापा

५ चैत्र । बुटवल । स्थानिय तहमा निति, नियम र कानुन बनाउँदा आदिवासी जनजाति समुदायका सवाल र मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्न एक कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद रुपन्देहीले आज बुटवलमा गरेको आदिवासी जनजातिहरुको समयसामयिक परिस्थिति विषयक जिल्ला भेलामा बोेल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
महासंघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले स्थानिय निकायमा भर्खर बन्दै गरेका कानुनहरुमा आदिवासी जनजातिका अधिकार र मुद्दाहरुलाई यथोचित रुपमा नसमेटिए कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन । मगर, थारु, लगायत आदिवासी जनजातिको बाहुल्य भएकोे पाँच न प्रदेशको नामाकरण समेत मगरात थारुवान राख्नुको विकल्प नभएको उहाँले बताउनु भयो । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले पछिल्लो समय समावेशी सिद्धान्तलाई पार्टीहरुले गलत स्वार्थका लागि प्रयोग गरेको आरोप लगाउदै महासंघले यसलाई टुलुटुलु हेरेर नबस्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति नेताहरु जियस तमु, दीपक गुरुङ्ग, शंकर गाहा, फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवलका नगर सचिव थर्क त्रहादुर बारघरे, प्रेम थापा, मन बहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम संघका उपाध्यक्ष वीमला गुरुङ्गको स्वागत तथा सचिव राजु भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा नवनिर्वाचित फोनिजका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । फोनिजका पदाधिकारीहरुलाई महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले खदा
लगाएर सम्मान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %