सरकारले ल्याउन लागेको बजेटप्रति काँग्रेसको आपति , वजेटको विषयमै कोइरालाले प्रधानमन्त्री खनालाई भेटे

Read Time:1 Minute, 30 Second

काठमाडौँ, १५ वैशाख

सरकारले ल्याउन लागेको बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । शान्ति र संविधानलाई बाधा पु¥याउन सरकारले बजेट ल्याउन लागेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

प्रधानमन्त्री झलनाथ खनाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच आज बिहान कोइराला निवासमा भएको भेटमा सभापति कोइरालाले सरकारले ल्याउन लागेको बजेटबारे असहमति जनाएका हुन्  ।

प्रधानमन्त्री भएपछि पहिलोचोटि नेपाली काँग्रेसका सभापति कोइरालालाई भेट्न प्रधानमन्त्री खनाल कोइराला निवास पुग्गेका थिए  ।

“हामीले नौ दलको बैठक गरेर सरकारले ल्याउने बजेट कुनै पनि हालतमा मान्दैनौँ भनेका छाँ, बजेटपछि ल्याए पनि भइहाल्छ पहिले शान्ति र संविधानलाई प्राथमिकता दिनुस् भने,” भेटपछि कोइरालाले भने  ।

काँग्रेसलगायतका दलहरूले शान्ति र संविधानलाई थाँती राखेर संविधान लेखनको समयसीमा नजिकिँदै जाँदा बजेट ल्याउन लागेको भन्दै सरकारलाई आफ्नो धारणा राख्ने भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %