वाम गठवन्धनले जारी गर्ने संविधान स्वीकार गदैनौ : ठाकुर

Read Time:1 Minute, 24 Second

काठमाडौँ, १५ वैशाख

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वाम एकताबाट जारी हुने संविधान कदापि मान्य नहुने र त्यो सफल पनि नहुने ठोकुवा गरेकाछन् ।

उनले आज सानो ठिमीस्थित आफ्नो निवासमा रासससँगै सङ्क्षिप्त कुराकानी गर्दै वाम शक्ति र प्रजातान्त्रिक शक्ति एकभई संविधान जारी गर्नुपर्छ भने  ।

संविधानसभाको म्याद थपेर पनि कुनै समस्याको समाधान नहुने भएकोले म्याद थप्नु उचित नभएको उनले वताए  ।

मुलुकमा शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउन र सङ्घीयता दिन वर्तमान सरकार गम्भीर नभएकोले मधेसीको आन्दोलनबाहेक अर्को विकल्प नरहेको बताए ।

एकीकृत नेकपा (माओवादी)ले आफ्नो नेतृत्वको सरकार चाहेको र त्यसमा लागिरहेकाले त्यो नै शान्ति र संविधानको लागि बाधक रहेको उल्लेख गर्दै उनले भारतको विरोध गर्ने राजनीतिक दलहरूको कारण नेपाली जनताले दुःख पाइरहेको स्पष्ट गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %