प्रथम शहीद लखन थापाको स्मृति कार्यक्रम पाल्पामा

Read Time:2 Minute, 45 Second

पाल्पा,फागुन ३

प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्लापर्ण गर्दै पाल्पामा सहिद स्मृति दिवस मनाइएको छ । नेपाल मगर संघ तानसेन नगर समिति, मगर महिला संघ र मगर बिधार्थी संघको आयोजनामा टुडिखेलको सहिदपार्कमा रहेको थापाको सालिकमा फुल माला लगाएर स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष एवं प्रदेश नम्बर ५ का ईन्चार्ज दल बहादुर बिरकट्टाले स्मृति सभाको उद्घाटन र थापाको शालिकमा मालापर्ण गर्दै प्रथम सहिद लगन थापा मगरलाई सरकारले प्रथम सहिद भनेर घोषणा मात्रै गरेर बेवास्ता गरेको आरोप लगाउनुभयो ।

प्रथम शहिद थापाको पुर्ण कदको सालिक काठमाण्डौको सहिदपार्कमा राख्नुपर्ने, बिधालय स्तरको पाठ्यक्रममा प्रथम सहिद लखन थापाको बारेमा ईतिहास र योगदान उल्लेख हुनु पर्ने र नेपाल सरकार मातहतका सबै कार्यालयमा थापाको तस्बिर राख्नुपर्ने मगर संघको माग रहेको भन्दै उपाध्यक्ष बिरकट्टाले आफुहरुको माग पुरा नभए जस्तो सुकै आन्दोलन समेत हुन सक्ने चेतावनी दिनुभयो ।

मगर बिधार्थी संघ पाल्पाका सचिब अम्रित रास्कोटीको संचालन र मगर संघ तानसेन नगर समितिका अध्यक्ष धनसिंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा मगर महिला संघ पाल्पाका अध्यक्ष प्रतिक्षा सिंजाली, जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना, मगर संघका पुर्ब केन्द्रिय सदस्य गम बहादुर थापा, मगर संघका केन्द्रिय सदस्य बल बहादुर राना लगाएतले बोल्नु भएको थियो ।

२०५६ सालमा शहीदको सुचीमा राखेका थापा मगरलाई सरकारले २०७२ साल असोज ३ गते मात्रै प्रथम शहीदको औपचारीक मान्यता दिएको थियो । बि.सं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उहाका सहकर्मी जैसिं चुमि मगरलाई फांसी दिई हत्या गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %