आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट : बराम

Read Time:2 Minute, 56 Second

रुद्र श्रीसमगर

पोखरा, २३ माघ
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति आन्दोलन नयाा शिराबाट उठाउनुपर्ने बताउनुभएको छ ।

महासंघले आयोजना गरेको चार नम्बर प्रदेशस्तरीय प्रादेशिक भेलामा बोल्दै अध्यक्ष बरामले आदिवासी जनजाति आन्दोलन अझै निष्कर्षमा नपुगेको जिकिर गर्नुभयो । ‘हाम्रा लक्ष्यहरू पूरा भएका छैनन्, आदिवासी जनजाति आन्दोलनको अझै आवश्यकता छ’, बरामले भन्नुभयो, ‘केही उपलब्धी प्राप्त
भएपनि पूर्ण भएको छैन, आन्दोलनबाट मात्रै अधिकारको पूर्ण प्राप्ति सम्भव छ ।’


चार नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय परिषद्का अध्यक्ष एवं प्रतिनिधिहरूसामु अध्यक्ष बरामले सुस्ताएको आदिवासी जनजाति आन्दोलनलाई पुनर्जागृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले राजनैतिक रुपमा विभाजित नभइ जातीय अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै राजनैतिक दलहरू आदिवासी जनजातिलाई सधैं झुक्याउने काम मात्रै गरेको बताउनुभयो । महासंघका तमुवान प्रदेश इञ्चार्ज गणेशलाल थकालीले नयाा आदिवासी जनजाति
आन्दोलनको तयारी गर्नुपर्ने धारणा राख्नुभयो ।

भेलामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, वलपरासीका अध्यक्ष रामबहादुर तामाङ, तनहुाकी सचिव वसुन्धरा घर्ती, नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय सदस्य प्रेमबहादुर कुमाल, किरात सेवा समाज, कास्कीका अध्यक्ष गजेन्द्र सुब्बा, ङ्योए तमु धिंका अध्यक्ष मनबहादुर गुरुङ, नेपाल भुजेल समाज सेवा समितिका महासचिव पानबहादुर घर्ती, नेपाल Þयोल्मो समाज सेवा संघका नेता पूर्ण Þयोल्मो, नेपाल तामाङ घेदुङका चार नम्बर प्रदेश अध्यक्ष दीपक तामाङ, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतले आदिवासी जनजातिको पहिचान र अधिकारका लागि दबाब आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %