एक दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

Read Time:2 Minute, 40 Second

रुद्र श्रीसमगर

गोरखा, ९ पुस

नेपाल मगर विद्यार्थी संघ गोरखा जिल्ला समितिको आयोजनामा एक दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिममा प्रमुख प्रशिक्षकका रुपमा पत्रकार रूद्र बहादुर श्रीसमगरले सहजीकरण गरेका थिए ।

कास्की आवाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक एवं फेवा टेलिभिजनका समाचार प्रमुख श्रीसमगरले उद्घोषण र नेतृत्व विकासका बारेमा सहजीकरण गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । यसअघि तालिमको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज दीपा थापामगरले मगर विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताइन ।

नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज कृष्ण रानामगरले मगरहरूले सोंचेजति अधिकार अझै पनि पाउन नसकेको

भन्दै युवा विद्यार्थीहरू नेतृत्व विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् एवं नेपाल मगर संघ गोरखाका अध्यक्ष विष्णु रानामगरले अहिलेको समयमा बोल्नेकला र नेतृत्व विकासको जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गोरखाकी अध्यक्ष नानुमाया थापामगर, नेपाल तामाङ महिला घेदुङ गोरखाकी अध्यक्ष पाकुली तामाङ, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल अध्यक्ष उमेश थापामगर, प्रशिक्षार्थीहरूका तर्फबाट दीपा रानामगर, रुस्मा पुलामीमगर र सुदीप रानामगरले बोलेका थिए ।

नेपाल मगर विद्यार्थी संघ गोरखाकी अध्यक्ष सुस्मिता पुलामीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अस्मिता थापामगर र कोषाध्यक्ष बबिता आलेमगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %