रुद्र श्रीसमगर
पोखरा, ९ पुस
पोखराको अति व्यस्त बजार महेन्द्रपुलमा उत्साही तीन जना युवाले व्यवसायिक तालिम केन्द्र सञ्चालनमा ल्याएका छन् ।
विक्रम अधिकारी, जीवन तामाङ र प्रेम बुढामगरले विभिन्न व्यवसायिक तालिम दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याएको हो । एआरटी सर्भिस नामक सो तालिम केन्द्रमा हाउस वायरिङ, प्लम्बिङ, पेन्टिङ लगायतका तालिम दिइने सञ्चालक प्रेम बुढामगरले जानकारी दिए ।
आइतबार देखि औपचारिक सञ्चालनमा आएको सो तालिम केन्द्रले दक्ष र सीपयुक्त जनशक्तिको बजारमा रहेको अभावलाई पूरा गर्न विशेष भूमिका खेल्ने अर्का सञ्चालक जीवन तामाङले बताए । विदेशमा जाने र देशमै केही गर्छु भन्ने युवाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउन मदत पु¥याउने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको सञ्चालक विक्रम अधिकारीले जनाए ।
