नेपाली जातजाती र संघीयताबारे समाजशास्त्री मानवशास्त्रीहरुको अन्र्तराष्ष्टिय गोष्ठी नेपालमा सम्पन्न भएकोछ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र विभागले नेपालका जाति जनजातिबारे अध्ययन गरेका ११ जना विदेशी मानवशास्त्री समाजशास्त्री र देशका १४ जना मानवशास्त्री समाजशास्त्रीलाई जमघट गराएकोथियो । तिनका अनुसन्धानमूलक पेपर र करिब २ सय समबन्धित विधाका जानकार र विज्ञ सहभागीहरुले जातीयता र संघीयकरण सम्बन्धि ३ दिनसम्म बहस गरेकाथिए । प्राज्ञ र जनजाति आन्दोलनकारी, नेता, पत्रकार, बौद्धिकहरुबीच गराइएको यस्तो कार्यक्रम यो पहिलोपटक हो ।
जातीयता के हो र नेपालमा अहिले चलेको जातीय राजनीतिक उभारको अन्र्तवस्तु के हो ? यसको प्रभाव र असर के छ रु जातीयता अनुभव मात्र हो कि यसको अस्तित्व पनि हुन्छ ? जाति चलायमान हुन्छ वा यो शाश्वत चीज हो ? २००७ साल यताको वर्गीय टेकोमा चलेको राजनीतिक सिद्धान्तलाई के अब जातीय राजनीतिले बिस्थापन गर्दे लगेको हो ? जाति प्रमुख कि वर्ग ? पहिचान केन्द्रित यो राजनीति नेपालमा मात्र हो कि यसको तार परिवर्तित विश्व राजनीतिसंग पनि जोडिएकोछ ? बाहुन क्षेत्री नै शाासनसत्ताको केन्द्रमा रहदै आएकोले के पृथ्विनारायणशाह यता विभिन्न कालखण्डमा बनेका राज्यसत्ताको स्वरुप वर्गीय नभई जातीय हो ? वर्गीय समस्या ठूलो कि जातीय मुद्दा ? के नेपालको सन्दर्भमा जातीय संघीयता सभव छ ? जातीय मुद्दा सम्बोधन नभए के देशमा डरलाग्दो जातीय द्धन्द्धको सुत्रपात हुनेछ ? यी र यस्ता विवादास्पद तर अहिलेसम्म सुत्रबद्ध अध्ययन नगरिएका विषयमा प्राज्ञहरुका अनुसन्धान केन्द्रित थिए ।
प्राज्ञहरुले त्यहाँ प्रस्तुत गरेका नेपालीमा अनुवाद गरिएका संक्षिप्त अनुसन्धानपत्र हामी छिट्टै राज्यसत्ता डटकममा उपलब्ध गराउदैं जानेछौं ।
विदेशी प्राज्ञ टोली:
प्रा टि. के. ओमन
प्रा.डेविड हम्वर्ग
प्रा.जोन ग्रे
प्रा. निल वेब्स्टर
डा. ये ह्यालिन
प्रा. जेम्स एफ फिसर
प्रा. सुसन हेगन
प्रा.विलियम फिसर
डा. लेन बेनेट
प्रा. सारा सेनेडेरम
प्रा. डेविड गेल्नर
स्वदेशी प्राज्ञ :
डा. महेन्द्र लावती
डा. चैतन्य मिश्र
डा. ओम गुरुड.
प्रा. बालकृष्ण माबुहाड.
डा. बन्दिता सिंजापति
प्रा. संगीता थपलिया
यामबहादुर किसान
गणेश विक
प्रा. रामबहादुर क्षेत्री
डा. योगेन्द्र यादव
डा. कृष्ण भट्टचन
प्रा. तुलसीराम पाण्डे
डा. मुक्तसीड. लामा
प्रा. विहारीकृष्ण श्रेष्ठ