काठमाडौँ, १३ वैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा संविधान नबन्ने अवस्था देखिएकाले प्रजातन्त्रलाई जोगाएर द्वन्द्वलाई समाप्त पार्न ताजा जनादेशका निमित्त चुनावमा जानु उत्तम हुने बताएका छन् ।
पार्टीद्वारा आयोजित अन्तक्र्रियामा उनले बारम्बार संविधानसभाको समयावधि थप गर्नु जनताको अधिकारमाथि कुठाराघात गर्नु हो भने ।
अध्यक्ष थापाले काठमाडौँमा यही महिना आमसभा गरी शक्ति प्रदर्शन गरिने बताउँदै जेठ महिनाको सुरुदेखि राजधानी केन्द्रित आन्दोलनको तयारी भइरहेको जानकारी दिए ।