ललितपुर, १३ वैशाख
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक इच्छाशक्ति भए जेठ १४ भित्रै नयाँ संविधान जारी गर्न सकिने बताएका छन् ।
नेपाल दलित सङ्घ ललितपुरले आयोजना गरेको राजनीतिक सहभागिता तथा नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उनले माओवादी र एमाले गठबन्धन सरकारले सक्रियता देखाए शान्तिप्रक्रिया टुङ्ग्याएर संविधान जारी गर्न सकिने बताए ।
शान्तिप्रक्रियाको सुरुआत काङ्ग्रेसले गरेको र यसलाई पूर्णतामा पु¥याउने बढी दायित्व पनि काँग्रेसकै भएको चर्चा गर्दै महामन्त्री सिंहले शान्तिप्रक्रियाले पूर्णता पाएपछि मात्र लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने दोहो¥याए ।
कार्यक्रममा पूर्वसांसद ओमकार श्रेष्ठले लोकतन्त्रका नाममा सिङ्गो लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता परियारले पार्टीको १२ औँ महाधिवेशनले जातीय विभेद हटाउने सङ्कल्प गरिसकेकाले पार्टीभित्रका सबै किसिमका भेदभाव अन्त्य गरी काँग्रेसलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै नेपाल दलित सङ्घका सदस्यसचिव जीवन परियार र नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष खड्ग बस्यालले समाजमा अझै कुनै न कुनै रूपमा छुवाछुत कायम रहेको भन्दै जातीय विभेद उन्मूलन गर्न नयाँ संविधानमा विशेष व्यवस्था गरिनुपर्नेमा जोड दिए ।