भ्रष्टहरुलाई भोट दिएर खेर नफाल्नुस फेरी मौका आउँदैन : सूर्यकुमार सारु

Read Time:4 Minute, 5 Second

सोनु थापामगर

बुटवल, मंसिर १०  ।  चुनाव नजिकिए संगै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले चुनाबी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । प्रचार प्रसारकै क्रममा आज आइतबार पार्टीले रुपन्देही क्षेत्र नं ३ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १४,१५ र १६ तथा फर्साटिकर, बनगाई लगायतका ठाउँहरुका मतदाताहरुसंग छलफल र भेट्घाट् गरेको छ । भेट्घाट्को क्रममा क्षेत्र नं ३ का प्रतिनिनधी सभा सदस्य पद्का उम्मेद्वार सूर्यकुमार सारुले बहुजातीय समाजवाद, समावेशी राष्ट्र, सबल अर्थतन्त्र, निशुल्क स्वास्थ सेवा र शिक्षामा सबै जनताको पहुँचका लागि जनमुक्तिलाई भोट दिन आग्रह गर्नुभएको छ । उहाँले स्थानियहरुसंगको छलफलका क्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै जनमुक्तिका उम्मेद्वारले स्थानिय भौतिक विकास, र समृद्धि गर्दैन की भनेर शंका नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“अरु पार्टीका उम्मेद्वारले गर्छु भनेका विकास मैले नि गर्छु त्यो पनि एक रुपैयाँ भ्रष्टाचार नगरेर तर त्यसका लागि मलाई सेवा गर्ने मौका दिनुपर्यो, यसका  लागि घर चिन्हमा भोट हाल्नुस् । भ्रष्टहरुलाई भोट दिएर खेर नफाल्नुस फेरी मौका आउँदैन ।”

आफ्नो उम्मेद्वारी जनताको सेवाका लागि मात्र भएको दावी गर्दै आफ्ना प्रतिष्पर्धीले शताब्दी देखि खाली विकास गर्छु भन्दै भोट मागेर जनतालाई दिग्भ्रमित पारेकाले जनताहरु सचेत हुनु पर्ने समय आएकोमा जोड दिनुभयो । जनताले बाटो र कुलो निर्माणलाई मात्र विकासको रुपमा नहेर्न समेत आग्रह गर्दै आफ्नो जीत प्रश्चात जनतालाई सुशासन र समृद्ध देशसंगै समृद्ध नागरिकको हैसियत दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश सभा ३ “ख” का उम्मेद्वार चित्र प्रसाद गुरुङ्ग,“क” का उम्मेद्वार रेखाप्रसाद चौधरी, युवा नेता हेम बहादुर बुढाथोकी लगायतले घर चिन्हमा मतदान गरेर जनमुक्ति पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

यसैबीच क्षेत्र नं २ का उम्मेद्वार केबी पुन र प्रदेश सभा २ “ख” का उम्मेद्वार दुर्गा बहादुर थापाले बुटवल वडा नं ९ बसपार्क, मिलनचोक, तीनकुने लगायतका विभिन्न वडाका मतदाताहरुसंग परिवर्तनको अनुभवका लागि आफुहरुलाई जिताउन आग्रह गर्दै नेताहरुको भ्रष्ट शैलीका कारण देश विकास नभएको भन्दै जनमुक्तिको जीतपछि भ्रष्टाचारमुक्त प्रशासनको अनुभुति दिलाउने प्रतिबद्धता जनाएका छन् । उता क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार झम बहादुर गुरुङ्गले देवदह, भलुही, तिलोत्तमा वडा नं ८ लगायतका ठाउँहरुमा घरदैलो र प्रचार प्रसार गर्नुभएको पार्टीका इन्चार्ज प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %