पोखरा लेखनाथ–१४ मा वाम गठबन्धन अगुवा कार्यकर्ता भेला सम्पन्न

Read Time:2 Minute, 8 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर २ – यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका लागि संयुक्त वाम गठबन्धनले कास्की क्षेत्र नं. १ प्रदेशसभा २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ का अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

Image may contain: 2 people, people smiling

शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले)का स्थायी समिति सदस्य एवं प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले अहिलेको समय र परिस्थितिले वामपन्थीको सरकार माग गरेको बताउनुभयो । चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जनाउँदै नेता अधिकारीले कार्यकर्तालाई एकताबद्ध भएर चुनावमा होमिन निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेताहरू अमरप्रसाद ढुड्डाना, प्रेमबहादुर कार्की, खड्गबहादुर विक, रोमबहादुर कार्की, जगन्नाथ तिमिल्सिनालगायतले भनाइ राख्नुभएको थियो । भेलाले विभिन्न समिति समेत गठन गरेको छ । भेलाले आर्थिक समिति, युवा परिचालन समिति, महिला समिति, भूपू सैनिक तथा प्रहरी समिति र बुद्धिजीवी समिति गठन गरेको छ ।

वडा निर्वाचन परिचालन समितिका सह–संयोजक फडिन्द्र विकको अध्इक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव बटुकृष्ण कुँवरले गर्नुभएको संयुक्त वाम गठबन्धन आदिवासी जनजाति जिल्ला निर्वाचन परिचालन समिति, कास्कीका सचिव डीबी राईले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %