लोकतान्त्रिक गठवन्धनले देवदहमा निर्वाचन प्रसार प्रसार कार्यालय स्थापना गर्यो

Read Time:2 Minute, 47 Second

गोविन्द घर्ती

कार्तिक २९ । नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक वीच गठन भएको लोकतान्त्रिक गठवन्धनले रुपन्देहीको देवदह–२, ६ नम्वर चोकमा निर्वाचन प्रसार प्रसार कार्यालय स्थापना गरेको छ ।

निर्वाचन प्रचार प्रसार कार्यालयको खानेपानी तथा सरसफाई राज्यमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नं १, का उम्मेदवार अव्दुल रज्जाकले एक कार्यक्रमका वीच उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै राज्यमन्त्री रज्जाकले लोकतान्त्रिक गठवन्धनले चुनाव जिते सुकुम्वासी समस्या समाधान गर्दे आमनागरिकलाई लालपुर्जा प्रदान गर्ने बताउनु भयो । निर्वाचन पछि संविधान कार्यान्यन हुने र देश आर्थिक समृद्धि तर्फ लाग्ने बताउदै लोकतान्त्रिक गठवन्धनले मात्र देशको विकास गर्न सक्ने दावी गर्नु भयो ।

काग्रेसको अगुवाईमा संविधान जारी भएकोले कार्यान्वयनको लागि पनि काग्रेसको नेतृत्व अपरिहार्य रहेकोमा जोड दिनु भयो । दिपक शर्मा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १, प्रदेशसभा १, का उम्मेदवार ताहिर अली, नेपाली काग्रेसका नगरसभापति गुणखर भूर्तेल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकका नगरअध्यक्ष माधव रिमाल, चण्डिप्रसाद पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा दिपक शर्मा लम्सालको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार वडा समिति गठन गरेको छ । जसको सहसंयोजकमा कृष्णबहादुर गुरुङ्ग रहनु भएको छ । समितिको सल्लाहकारमा चण्डिप्रसाद पराजुली, खुनबहादुर गुरुङ्ग, हेमलाल पाण्डे, रामचन्द्र पौडेल रहनु भएको छ ।

हेमलाल पाण्डेको स्वागत र दिपक पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी वडा नं १ र वडा नं ३ मा समेत निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरिएको लोकतान्त्रिक वामगठवन्धनले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %