वामगठवन्धन देवदह–९, घोहाडामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

Read Time:3 Minute, 7 Second

गोविन्द घर्ती
Image may contain: 8 people, people sitting

कार्तिक २७ । देशको आमुल परिवर्तन गर्न स्थिर सरकार आवश्यक रहेको र सोही बमोजिम एमाले र माओवादी केन्द्र वीच वामगवठन्धन गरी निर्वाचनमा होमिएको क्षेत्र नं १, प्रदेशसभा निर्वाचन १ का उम्मेदवार डा. कृष्ण न्यौपानेले बताउनु भएको छ ।

उहाले प्रतिनिधिसभा र प्र्रदेश सभा निर्वाचन पछि वामगठवन्धनले दुईतिहाईका साथ सरकार गठन गर्ने दावी गर्नु भयो । नेकपा एमालेका प्रदेश सदस्य समेत रहनु भएका नेता न्यौपानेले मुलुकको समृद्धिको लागि वामपन्थीको सरकार आवश्यक रहेको जोड दिदै वामपन्थीको सरकारको पहिलो काम सुकुम्वासी समाधान रहेको बताउनु भयो । नेकपा एमाले र माओवादी केन्द्र वीच भएको वामगठवन्धन देवदह–९, घोहाडामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता न्यौपानेले उक्त कुरा बताउनु भएको हो । नेता न्यौपानेले रुपन्देहीको क्षेत्र नं १, पर्यकटीय हिसावले महत्वपूर्ण रहेकोले निर्वाचन पछि गठन हुने वामपन्थीको सरकारले ऐतिहासिक स्थलको संरक्षण, सम्वद्र्धन र उत्खनन् गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेद दावी गर्नु भयो । विगतका धेरै निर्वाचनमा यस क्षेत्रबाट नेपाली काग्रेसले पटक-पटक जितेपनि विकास गर्न नसकेको आरोप लगाउनु भयो ।
Image may contain: 8 people, people sitting, people standing and indoor

निर्वाचन परिचालन कमिटी देवदह–९, का संयोजक खैराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वामगठवन्धनका क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक ऋषिराम सापकोटा, सहसंयोजक गोविन्द पंगेनी, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष मोतीलाल ढकाल, धुव्र खरेल, टिकाराम चापागाई, खेमराज आत्रे लगायतले बोल्दै वामगठजन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्ताहरु लाग्नु पर्नैमा जोड दिएका थिए । सो अवसरमा निर्वाचन सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ । कार्यालय व्यवस्थापन, आर्थिक, युवा तथा विद्यार्थी परिचालन, मतदाता शिक्षा, घरदैलो, शिक्षक बुद्धिजीवि, संघसंस्था, महिला समन्वय उपसमिति गठन गरेको छ । जगन्नाथ अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %