राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ ले प्रचार सचिवालय कार्यालयको उद्घाटन गर्यो

Read Time:2 Minute, 54 Second

सोनु थापामगर

बुटवल, कात्तिक २५ ।   राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ ले आज शनिबार बुटवलमा एक कार्यक्रमका बीच आसन्न चुनाबी अभियान सञ्चालन तथा प्रचार प्रसारका लागि   गरेको छ ।

क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ख का लागि बुटवल १० सुख्खानगर र क का लागि तिलोत्तमा नगरपालिका वडा नं ३ जानकी नगरमा प्रचार प्रसार सचिवालय स्थापना गरिएको हो । सो कार्यालयको उद्घाटन पार्टीका संघीय महासभा सदस्य मन बहादुर थापाले गर्नुभयो । सो अवसरमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेद्वार केवी पुनले भ्रष्टाचार मूक्त र समृद्ध नेपाल निर्माणका लागि आफुलाई मत दिन आग्रह गर्नुभयो । लोकतन्त्रवादी र बाम तालमेल बीचको अन्तरद्वण्द्वलाई सदुपयोग गर्दै आफुले यस क्षेत्रमा जीत हासिल गर्ने समेत दावी गर्नुभयो ।

सो अवसरमा क्षेत्र नं २ अन्तर्गतका प्रदेश सभा सदस्य क का उम्मेद्वार छत्र दर्लामी र ख का उम्मेद्वार दुर्गा बहादुर थापा, केन्द्रिय नेता भिम बहादुर राना,दुद्ध बहादुर गुरुङ,कृष्ण बहादुर राना,लील बहादुर राना,केशरी गाहा लगायतले बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी २७ वर्षसम्म कुनै सरकारी पदको लाभ नलिई स्थायी प्रतिपक्षको भूमिकामा रहेर देश र जनताका लागि निरन्तर पहरेदारी र सेवा गरेकाले यसपटक जनताले जनमुक्तिलाई रोज्ने ठोकुवा गर्दै जीत सुनिस्चित रहेको धारणा राख्नुभयो । जनमुक्तिले कात्तिक २६ गते आइतबारदेखि जनताको घरदैलोमा प्रचार प्रसार अभियान थाल्ने पार्टीले जानकारी दिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही प्रतिनिधि सभा प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ,क्षेत्र नं ३ मा सुर्य कुमार सारु र ५ मा भैर बहादुर थापालाई उम्मेद्वार बनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %