प्रथम राष्ट्रिय तमु बोन्पो लम भेलाको तयारी अन्तिम चरणमा

Read Time:2 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, कार्तिक २३ – तमु प्ये ल्हु संघ कास्कीको आयोजनामा यही कात्तिक २४ गतेदेखि पोखरामा हुने प्रथम राष्ट्रिय तमु बोन्पो लम भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । देशभरका वोन्पो लमहरूको तथ्यांक संकलन गर्ने उद्देश्यले आयोजित भेला कात्तिक २६ गतेसम्म हुनेछ । भेलाले बोन्पो लमको प्ये लेखन, पोशाक तयार गर्नका लागि छलफल गर्ने, चेला प्रशिक्षण तथा उत्पादन गराउने, संस्थागत स्वरुप निर्माण गर्ने, बोन्पो लम पहिचान स्थापित गराउनेलगायतका विषयमा छलफल गर्ने कार्यक्रम संयोजक उमबहादुर प्हच्यु तमुले जानकारी दिनुभयो ।

भेलाको पहिलो दिन पोखरा सभागृहबाट झाँकीसहितको र्याली नगर परिक्रमा गरी शक्तिघाटस्थित फ–लि–ना क्होइबो परिसरमा उद्घाटन गरिने समेत उहाँले जानकारी दिनुभयो । दोस्रो दिन कार्यपत्र प्रस्तुत र तेस्रो तथा अन्तिम दिन घोषणापत्र सार्वजनिक तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

भेला तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्व, कास्कीको आयोजना तथा गोरखा र लमजुङ शाखाको सह–आयोजनामा हुन लागेको हो । तमु जातिले मान्दै आएको मौलिक बोन धर्मका तीन धर्मगुरुहरू पच्यु, क्ल्हेप्री र बोन्पो लममध्ये बोन्पो लमको पहिलो पटक भेला आयोजना गरिएको हो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %