लखन सहकारीको सञ्चालक समितिले पूर्णता पायो

Read Time:1 Minute, 33 Second

रूद्र श्रीसमगर
पोखरा, कार्तिक २३ – पोखरा लेखनाथ–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ । गत असोज २८ गते सम्पन्न सहकारीको नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पदपूर्ति गर्न बाँकी रहेका पदलाई मंगलबार बसेको सञ्चालक समिति बैठकले पूर्णता दिएको हो ।

जसमा सहकारीको अध्यक्षमा पूर्णबहादुर राना, उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा डिलबहादुर श्रीस, सह–सचिवमा गोविन्द थापा र कोषाध्यक्षमा झपटबहादुर राना रहनुभएको छ । त्यसैगरी, सञ्चालक समिति सदस्यहरूमा चिजमाया थापा, जुनुकुमारी पुन, पञ्चमाया थापा, नारायणसिंह मास्की, धनबहादुर राना र धनकुमारी डिसुवा रहनुभएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा शोभाखर थापा “कोपिला”, सदस्यहरूमा तिलबहादुर चितौरे “कुमार” र दुर्गा राना, ऋण उपसमिति संयोजकमा मीनबहादुर राना, सदस्यहरूमा गोपाल थापा “भूपाल” र दलबहादुर थापा, शिक्षा उपसमिति संयोजकमा यामबहादुर थापा, सदस्यहरूमा रूद्रबहादुर श्रीस र पुष्करराम सारू रहनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %