काँकडभिट्टा, १२ वैशाख ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले लडाकू समायोजन नगरी संविधान जारी नहुने बताएका छन ।
झापाको तोपगाछीमा आज हुने एक कार्यक्रममा सहभागी हुन आएका महामन्त्री सिटौलाले भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै माओवादीले लोकतन्त्रको खिल्ली उडाइरहेको बताए ।
विस्तृत शान्तिसम्झौताको मर्म र भावनाअनुसार माओवादी नहिँडेकाले देश समस्याग्रस्त भएको उहाँले बताउनुभयो । महामन्त्री सिटौलाले माओवादीको बोलाइ र गराइमा अन्तर भएकाले उसलाई विश्वास गर्ने आधार समाप्त भएको बताए ।
महामन्त्री सिटौलाले लडाकू समायोजन नगरी संविधान जारी गर्नुको औचित्य नरहेको जिकिर गर्नुभयो । आगामी जेठ १४ गते संविधान जारी हुन नसक्ने उल्लेख गर्दै उहाँले म्याद थप गर्नेबारे काँग्रेसले निर्णय लिइनसकेको जनाए ।