एम्स कलेजमा योग अभ्यास प्रशिक्षण तथा साधना शिविर भयो

Read Time:2 Minute, 9 Second

सोनु थापामगर
Image may contain: 2 people, indoor

बुटवल, कार्तिक १६ – एम्स कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई लक्षित गरि बिहिबार एक दिने योग अभ्यास प्रशिक्षण तथा साधना शिविर सम्पन्न गरेको छ ।

बुटवल चौराहामा अबस्थित एम्स कलेजले विद्यार्थीको अध्ययन एवं वृति विकासका कार्यलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाबाट आई वाणिज्य शंकाय स्नातक तहमा अध्ययन सुरु गरेका नवआगन्तुक युवा विद्यार्थीहरुलाई सहभागी गराई योग साधना अभ्यास कार्य नयाँ शैक्षिक शत्रसंगै सुरु गरेको हो । समग्र व्यक्तित्व विकासमा स्वस्थ तन र संयमित  मनको आबश्यक्ता पर्ने र अध्ययनलाई अझ प्रभावकारी बनाउन मनको एकाग्रता र केन्द्रिकरण आवश्यक्ता पर्ने भएकाले समय समयमा योग साधना सिकाउने गरेको एम्स कलेजका क्याम्पस प्रमूख दीपक ढकालले बताउनु भयो ।
Image may contain: 6 people, people standing, shoes and indoor

आर्ट अफ लिभिङ नेपाल बुटवलको सहकार्यमा भएको कार्यक्रममा स्वयंसेवक कृष्ण क्षेत्रीले विभिन्न योग अभ्यास गराउनु भएको थियो । शिक्षक विजय श्रेष्ठले प्रयाम, साधना अभ्यास गराउँदै जीवनमा पार्ने सकारात्मक प्रभावको बारेमा अभिमुखिकरण गर्नु भएको थियो ।

क्याम्पस प्रमूख दीपक ढकालको संयोजनमा भएको कार्यक्रममा ६५ जना विद्यार्थी एवं प्राध्यापकहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण शिबिरमा  सहभागी सहभागीहरुले जीवन र वृति विकासका विभिन्न पक्षहरुका बारेमा जिज्ञासा राख्नुका साथै योगका बारेमा ज्ञान हाँसिल गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %