राष्ट्रिय जनमुक्ति पार्टी ५ नं. बयूरोद्वारा विशाल घोषण सभा भव्यताका साथ सम्पन्न

Read Time:2 Minute, 46 Second

सोनु थापामगर
Image may contain: 3 people, people smiling

बुटवल, कार्तिक १४ – नेपालमा राजनैतिक खराबीका कारण भ्रष्टाचार मौलाएकाले भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्ने कानुन आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशब सुर्यबंशीले बताउनु भयो ।

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश ब्युरोले आज मंगलबार बुटवलमा आयोजना गरेको प्रतिनिधी सभा र प्रदेशसभा चुनावी घोषणा पत्र सार्बजनिक सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले वर्तमान सत्तासिन राजनैतिक दलहरुले जनतासामु भोट माग्न नैतिक रुपमा नमिल्ने समेत बताउनु भयो । “जनताले अब कस्तो पार्टीलाई मत दिने भन्ने कुराको विवेक पुर्याउनु पर्ने समय आएको छ ।” उहाँले भन्नुभयो “ २००७ साल देखि जनताले यि दललाई जिताउँदै आएका छन् तर देशको अवस्था समृद्धितर्फ भन्दा झन भ्रष्टाचारमा चुर्लुम्म डुबाउने काम भएको छ । ” भ्रष्टाचार निर्मुल, देशको समृद्धि र समावेशी राष्ट्रका लागि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
Image may contain: 8 people, people on stage, people standing, crowd and outdoor

सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले ३८ बुँदे चुनावी प्रतिबद्धता घोषणा पत्र जारी गर्दै आगामी समृद्ध नेपालका लागि राष्ट्रिय वैकल्पिक शक्तिको रुपमा राष्ट्रिय जनमुक्ति पार्टी मात्र रहेको उद्घोष गरेको छ । सभामा नेपाली कांग्रेस, एमाले, माओवादी, फोरम लगायत पार्टी परित्याग गरेर आएका करिब ४०० जना जनमुक्तिमा प्रवेश गरेका छन् । सो अवसरमा पार्टीका नेताहरु कमला थापा, दल बहादुर विरकटा, शंकर गाहा नवप्रवेशीहरु दुर्गा बहादुर थापा, नुर महमद खान, विनोद यादव, मनीकुमार चौधरी, दिनेश मणी त्रिपाठी लगायतले बोल्नु भएको थियो । कार्यक्रम संघीय परिषद् सदस्य होमाया गुरुङको अध्यक्षता, जिल्ला अध्यक्ष झम बहादुर गुरुङको स्वागत तथा गीता सारुको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %