काग्रेससंग नमिली माओवादीलाई सुखै छैन ः सुजाता कोइराला

Read Time:1 Minute, 55 Second

पाल्पा बैशाख १२
नेपाली काग्रेसकी नेत्री सुजाता कोईरालाले बर्तमान सरकार असफल भैसकेकाले जेठ १४
भित्र सबिधान बन्न नसक्ने बातएकीछन् । प्रेस युनियन पाल्पाले आज तानसेनमा गरेको पत्रकार अन्र्तकृया मा बोल्दै उहाले गृहमन्त्रालयको भागबन्दामा मिल्न नसक्ने सरकारले केही गर्न नसक्ने बातइन् । कांग्रेसको अगुवाईमा सर्बदलिय सरकार बनेमात्र संबिधान निर्माण र शान्ति प्रकृया निर्कषमा पुग्ने उनको तर्क छ ।माओबादीको हतियार र लडाकु रहेसम्म सबिधान निर्माण र शान्ति प्रकृया टुङ्गीन नसक्ने जिकिर गर्दै नेतृ कोईरालाले माओबादीले हतियार र सेनालाई लिएर अघि बढीरहे उ आफै सकिएर जाने चेतावनी दिइन ।
कोईरालाले राष्ट्रिय सहमति, शान्ति र संबिधान जनताको चाहाना भएकोले त्यसैको प्राप्तिका लागी कांग्रेसले जागरण अभियान चलाएको बातइन् । एमाले र माओबादी बिच भएको सात बुदे सहमतिको कुनै अर्थ नभएको जिकिर गर्दै उनले काग्रेस संग माओबादी मिलेर अघि बढेमात्र माओबादीलाई फाईदा पुग्ने बताइन ।


राजनितिक सहमति साथ अघि बढे संबिधान निर्माणको अबधि बढाउन सकिने बताउदै नेतृकोईरालाले त्यसको लागी माओबादीको हतियार र सेनालाई पहिले टुङ्गोमा पुर्याउनु पर्नेमा जोड दिइन ।
देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %