दमौली महोत्सवमा श्रीस र मीगीनले साहित्यिक रचना सुनाए

Read Time:2 Minute, 20 Second

रुद्र श्रीसमगर

दमौली, कात्तिक १४ – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, तनहुँले आयोजना गरेको दोस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सवको पाँचौं दिन आइतबार दुई आदिवासी जनजाति साहित्यकारले आ–आफ्नो रचना सुनाए ।

महोत्सवमा पत्रकार एवं साहित्यकार रूद्रबहादुर श्रीसमगरले मगर तथा नेपाली भाषामा गजल, मुक्तक र कविता सुनाउनुभयो । त्यस्तै, अर्का गीतकार एवं साहित्यकार कृष्ण थापामगर ‘मीगीन’ले पनि मगर तथा नेपाली भाषामा कविता सुनाउनुभएको थियो ।

आदिवासी जनजातिको भाषा, धर्म र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा आदिवासी जनजाति एवं मातृभाषासम्बन्धी पुस्तकहरूको स्टल राखिएको र दिनहुँ आदिवासी जनजाति साहित्यकारहरूको साहित्यिक प्रस्तुती राखिएको महोत्सवको साहित्यिक उपसमितिका संयोजक गीता थापामगरले जानकारी दिनुभयो ।

महोत्सवको पाँचौं दिन आइतबार लोक तथा दोहोरी गायिका जुना श्रीसमगर, लोक तथा दोहोरी गायक जीवन दाहाल, प्रिया गुरुङ, वसन्त विक, निश्चल थापामगर, हास्य कलाकार जोगिन्दर (शिवशंकर रिजाल)लगायतले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

साहित्यिक प्रस्तुती अन्तर्गत हालसम्म मगर साहित्यकारहरू वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर, रूद्र ‘सन्देश’ मगर, हेमा आलेमगर, तामाङ साहित्यकारहरू धनप्रसाद तामाङ र दीपक वाइबा तामाङले साहित्यिक प्रस्तुती राखिसकेका छन् भने सोमबार साहित्यकार गौरी गुरुङको साहित्यिक प्रस्तुती रहने संयोजक थापामगरले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %