सोनु थापा मगर 
बुटवल, कार्तिक १० – राष्ट्रिय जनमुक्ति पार्टी ५ नं लुम्बिनी प्रदेश ब्यूरोको बैठक आज शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
आसन्न चुनाबलाई मध्यनजर गर्दै बसेको बैठकले कात्तिक १४ गते बुटवलमा पार्टीको चुनाबी घोषणा पत्र एक कार्यक्रम आयोजना गरेर सार्बजनिक गर्ने निर्णय गरेको छ । प्रदेश सह–इन्चार्ज केबी पुनको अध्यक्षता तथा केन्द्रिय अनुगमन समिति सदस्य सचिव अशोक पुनको प्रमूख आतिथ्यतामा बसेको बैठकले घोषणा सभालाई सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
आर्थिक उपसमितिमा होमाया गुरुङ, स्वयंसेवक उपसमितिमा शंकर गाहा, मञ्च ब्यबस्थापनमा पार्टी जिल्ला समितिलाई जिम्मेवारी दिएको पार्टीले जानकारी दिएको छ ।
