गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा सम्पन्न

Read Time:2 Minute, 51 Second

रूद्र श्रीसमगर
Image may contain: 10 people, people sitting and indoor

पोखरा, कात्तिक १०- गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

गलकोट समाज बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था हो । समाजको साधारणसभाको उद्घाटन गर्दै समाजका विशेष सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले आपसी भाइचारा र भ्रातृत्वको विकासका लागि समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सामाजिक कार्यमा क्रियाशील हुन सके समाज र देशको उन्नति हुने उल्लेख गर्दै प्रा.डा. पाण्डेले यस्ता समाजले एक अर्काबीच दुःखसुखमा सहयोग आदानप्रदान र परिचय गराउन सहयोग पुग्ने बताउनुभयो । समाजका अर्का विशेष सल्लाहकार गलकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन चन्द ‘राजन’ले आफू जन्मले गलकोटे नभएपनि कर्मले गलकोटे भएकोमा गर्व महसुस गरिरहने बताउनुभयो ।

सो अवसरमा समाजका सल्लाहकार रामप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवं सल्लाहकार हिराबहादुर खत्री, बागलुङ–पोखरा मगर समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीस, आजीवन सदस्यमध्येबाट कृष्णबहादुर खत्रीलगायतले समाजको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिकका रुपमा ८१ वर्षीय रत्न मल्ल र ६९ वर्षीया मनकुमारी क्षत्रीलाई दोसल्लाद्वारा अभिनन्दन गरिएको थियो । त्यस्तै, समाजमा आबद्ध भएका आठ जना नयाँ सदस्यहरूलाई स्वागत समेत गरिएको थियो ।

साधारणसभाले सचिव रूद्रबहादुर श्रीसले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष क्या. पूर्णबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ । समाजमा हाल ३ सय ५५ जना आजीवन सदस्य आबद्ध रहेका छन् ।

समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस तथा उपाध्यक्ष खडकबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %