दमौलीमा मगर भाषा साहित्य सम्वन्धि अन्तरक्रिया

Read Time:2 Minute, 32 Second

बिनोद रखाली मगर
Image may contain: 4 people, people smiling, people standing, people sitting and child

तनहुँ, कात्तिक १० – मगर भाषा र साहित्यको अवस्था र विकाश बारे तनहुँको दमौलीमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर लेखक संघ तनहुँको आयोजनामा आयोजित कार्यक्रममा मगर भाषाका साहित्यकार तथा चलचित्रकर्मी सन्जोग लाफा मगरले सहजिकरण गर्दै मगर साहित्यको इतिहास, अवस्था, हाल सम्म प्रकाशित साहित्यीक कृतिहरु, भाषा कला संस्कृतिमा आधारित मगर चलचित्रहरु लगाएत अवका दिनमा मगर भाषा साहित्यको विकाशको वारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिका अध्यक्ष गिता थापा मगर, मगर लेखक संघ जिल्ला समितिका सल्लाहकार तिल वहादुर थापा मगर, मगर संघ तनहुँका सचिव मनिराज राना मगर, नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष रितु आले मगर, मगर गुठका अध्यक्ष नर वहादुर थापा मगर लगाएतले मगर भाषा साहित्यका बारेमा बोल्नुभएको थियो ।
Image may contain: 3 people, people sitting

मगर समुदायका युवापुस्ताहरुको बाक्लो सहभागितामा सम्पन्न कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ प्रशिक्षक सन्जोग लाफा मगरले दिनुभएको थियो । नेपाल मगर लेखक संघ तनहुँका अध्यक्ष राम वहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य श्री वहादुर थापा मगर र सन्चालन समितिका सचिव सुजन थापा मगरले गर्नुभएको थियो । यता तनहुँको दमौलीमा सन्चालन भैरहेको दोस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतीक महोत्सवमा प्रत्येक दिन आदिवासी जनजातिका विभिन्न जातजातिका मातृभाषि साहित्यकारहरु द्धारा रचना बाचन कार्यक्रम पनि गरिदै आएको मातृभाषि पुस्तक व्यवस्थापन समितिका सयोंजक गिता थापा मगरले जनाउनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %