दमौलीमा दोस्रो आदिवासी जनजाती साँस्कृतिक महोत्सव सुरु

Read Time:7 Minute, 33 Second

महोत्सवकै दिन दर्शकको घुँइचो, भोली बद्री पङ्गेनीको प्रस्तुती रहने,

विनोद रखाली मगर

Image may contain: 8 people, outdoor
तनहुँ, कार्तिक ९ –  दमौलीमा दोस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतीक महोत्सव वुधवारवाट सुरु भएको छ ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं भाषा, संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौं,’ भन्ने मूल नाराको साथ दोश्रो आदिवासी जनजाती तनहुँ सांस्कृतीक महोत्सव २०७४ सुरु भएको हो । महोत्सवको विनाविभागिय मन्त्री आशा कोईरालाले एक कार्यक्रमका विच उद्घाटन गदै मन्त्री कोईरालाले भाषा संस्कृतिको संरक्षणमा आदिवासी जनजातीको योगदान महत्वपुर्ण रहेकाले लोपोन्मुख साँस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको भनाई व्यक्त गर्नुभयो । महोत्सव उद्धघाटन समारोहमा नेपाली कांग्रेसका जिल्ला सभापती वैकुण्ठ न्यौपाने, एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, माओवादी केन्द्र जिल्ला अध्यक्ष हरिवहादुर चुमान, पुर्व सांसद पार्वती थापा मगर , संस्कृतीकर्मी यम वहाुदर आले मगर लगाएतले महोत्सवको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  विभिन्न आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्य सहीत महोत्सवको आयोेजना गरिएको समेत महोत्सव मुल आयोजक समितिका संयोजक तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष दिर्घवहादुर दरैले बताउनुभयो  । महोत्सवको मुख्य आर्कषणहरु भाषा तथा संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसाथ गर्न लागिएको महोत्सव भित्र आदिवासी जनजातिका मौलिक झांकि, भेषभुषा,  साँस्कृति र खानाको प्रदशनी , ख्यातिप्राप्त  राष्ट्रिय कलाकार एवम् स्थानिय कलाकारहरु को सांस्कृतीक प्रस्तुती , रमाइलो मेला, कृर्षी प्रदशनी, साँस्कृतीक नमुना गाउँ होम स्टेको भ्रमण, जलविहार, घरेलु तथा साना उद्योग प्रदशनी, प्याराग्लाइडिङ्, आदिवासी जनजाती पुस्तक प्रदशनी, विद्यालय स्तरीय सांस्कृतीक कार्यक्रम लगाएतका कार्यक्रमहरु समावेश गरीएको महोत्सव मुल समितिका प्रवत्ता सिदान्त थापा मगरले वताउनुभयो । 
Image may contain: outdoor

विशेष गरेर हरिवोधनी एकादशीलाई लक्षित गरेर महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजकको भनाई छ । महोत्सवमा विशेष गरेर आदिवासी जनजातीहरुको साँस्कृतिक टाकटुके, लाखे, कौरा, पाँउदुरे, मारुनी, झ्याउरे, सोरठी, घाँटु लगायतका प्रस्तुती रहेको आयोजकले जनाएको छ । ६५ प्रतिशत आदिवासी जनजातीको सांस्कृतिक प्रदशनी हुने आयोजकले दावी गरेको छ । मगर, गुरुङ, दरै, बोटे, कुमाल, नवार, तामाङ, राई, भुजेल र लोपउन्मुख कुसुण्डा गरि २३ जातजातिको महोत्सवमा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती हुने महोत्सवका मुल संयोजक दरैको भनाई छ । तनहुँको ऐतिहासिक र साँस्कृतिक रुपले सम्पन्न ग्रामिण वस्तीहरुको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ वन्दिपुर, दुम्सी, दरैगाँउ, कुमालटारी, बोटेगाँउ, मानुङकोट, भादगाँउ, खैरेनीटारको दगाम, दुलेगौँडाको भुजिकोट लगायतका पौराणिक स्थानहरुको ग्रमीण भ्रमणको व्यावस्था मिलाइने महोत्सव प्रवक्ता सिदान्त थापा मगरले बताउनुभयो ।

Image may contain: 6 people, people standingत्यस्तै धार्मिक एवम ऐतिहासिक क्षेत्रको रुपमा पराशर ऋषिको जन्मभुमि तथा व्यास गुफा, देवघाटधाम, छाब्दीबाराही, ढोरवाराही, अकलामाई, थानीथान, वसन्तपुर, मुलवराही, छिक्केश्वरी, जामे मस्जिद, बौद्ध विहार रहेका छन भने ऐतिहासिक स्थलहरुमा आदिकवि भानुभक्त आचार्यको जन्मभुमि चुदिरम्घा, एशियाकै ठुलो विमलनगरको सिद्ध गुफा एवम पहाडकी रानी वन्दिपुरको अवलोकनको उचित व्यवस्था समेत मिलाईने आयोजकले बताएको छ । साथै महोत्सव अवधिभर आदिवासी जनजातीका विभिन्न पुस्तक प्रदशनी, विक्री लगाएतका साहित्यीक कार्यक्रमको समेत प्रस्तुती रहने पुस्तक प्रदशनी तथा साहित्यकार समन्वय उपसमितिका सयोंजक गिता थापा मगरको भनाई छ । भोली मगर भाषाका साहित्यकार तथा चलचित्रकर्मी, आदिवासी जनाजाति उत्थान अभियन्ता सन्जोग लाफा मगरको उपस्थिती रहने समेत थापा मगरको भनाई छ । महोत्सवमा सङ्कलीत रकमले आदिवासी जनजाती संग्रहालय स्थापना गर्ने आयोजक आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले जनाएको छ । महोत्सवमा ५ करोड वरावरको आर्थिक कारोवार हुने तथा ५ लाख दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य लिएको छ । यता महोत्सव उद्धघाटनको पूर्व सन्ध्यामा विभिन्न जातिय संघ संस्था र अन्य सस्थांहरुले विभिन्न झाँकि सहित दमौली बजार परीक्रमा गरेको थियो । दुलही झैं सिगाँरीएको दमौलीमा दर्शकको घुँइचो लागेको थियो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा आयोजित उक्त महोत्सवको सह-आयोजकमा नेपाल मगर संघ तनहुँ, तमु ह्यूल छोज धिं, नेवाः खल, दरै समाज, भुजेल समाज, तामाङ् समाज, दुरा समाज, कुमाल समाज, बोटे समाज, राई समाज, थकाली समाज, चेपाङ् समाज तनहुँ रहेका छन् । महोत्सवको दोस्रो दिन लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पङ्गेनी, लक्ष्मी नेपाली लगाएत ख्याति प्राप्त राष्ट्रिय लोकदोहोरी कलाकार र स्थानीय कलाकारको सास्कृतीक प्रस्तुती रहने सांस्कृतीक उप-समितिका सयोंजक नन्दु थापा मगरले जनाउनुभएको छ ।
Image may contain: 1 person, smiling, table and outdoor

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %