दुई विधेयकबारे नागरिक संवाद केन्द्रको अन्तरक्रिया

Read Time:2 Minute, 20 Second

रुद्र श्रीसमगर

Image may contain: 7 people, people sitting and indoorपोखरा, असोज  ३१ – नेपाल कानून समाज र नागरिक संवाद केन्द्र, पोखराको आयोजनामा मंगलबार पोखरामा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिने दुई विधेयकबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतको कसूर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ को संशोधन विधेयक तथा सामाजिक व्यवहार सुधार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धमा नेपाल कानून समाजका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले सहजीकरण गर्नुभयो । सो अवसरमा अधिवक्ता मिलन श्रेष्ठले पनि कार्यक्रमको महत्वका विषयमा बोल्नुभएको थियो ।

कार्यक्रममा विधेयकबारे सहभागीहरुले विभिन्न जिज्ञासा एवं सुझाव प्रस्तुत गरेका थिए । नेपाल कानून समाजका योगिता लामा, उच्च अदालत बार एशोसिएसन, पोखराका अध्यक्ष दयाराम गौतम, कास्की जिल्ला अदालत बार एशोसिएसनका अधिवक्ता सोम श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी)का नेता भीमबहादुर श्रीस, संघीय समाजवादी फोरमका चन्द्र तामाङ, गणेशबहादुर बराल, अधिवक्ता एवं दलित अधिकारकर्मी शिव सुनार, दलित अभियन्ता शम्भु खाती परियार, अधिवक्ता लीलावल्लभ कोइरालालगायतले विभिन्न सुझाव राखेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङलगायतको उपस्थिति रहेको थियो । नागरिक संवाद केन्द्र, पोखराकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %