कमल चौधरी
बुटवल, कार्तिक ७ – – थारु पत्रकार संघ रुपन्देहीको बुधबार बुटवलमा एक कार्यक्रमका बीच दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
संघका केन्द्रीय सदस्य कमला चौधरीको प्रमुख आतिथ्यता, फोनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्तीको विशिष्ठ आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न अधिवेशनबाट राज चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पार्वती थारु, सचिवमा कमल चौधरी, कोषाध्यक्षमा शिवा चौधरी(साचिन), सह–सचिवमा अनिता चौधरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गोरख चौधरी, यमुना चौधरी, हरिनारायण चौधरी लगायतका चयन भएका छन् । त्यस्तै सल्लाहकारमा हिक्मत चौधरी, कमला चौधरी, श्रीनिवास चौधरी रहेका छन् । अधिबेशन कार्यक्रममा वक्ताहरुले थारु समुदायको हक-अधिकार र पहिचानका मुद्दाहरुलाई सक्रिया रुपमा मिडिया मार्फत उठाउनु पर्नेमा जोड दिएका थिए । आगामी कार्तिकमा हुने थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै सो-अधिवेशन सम्पन्न गरेको हो ।
