पोखरामा तिहारमा सर्वेश्वर दीपावलि साँझ हुने

Read Time:3 Minute, 43 Second

बिनोद लामिछाने

Image may contain: 5 people, people sitting
पोखरा, असोज ३० – पोखराको चिप्लेढुङ्गास्थित सर्वेश्वर व्यवसायी समितिले तिहारको संस्कृती जगेर्णाका लागि  सर्वेश्वर दीपावली साँझ–२०७४ आयोजना गर्ने भएको छ ।

 सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सर्वेश्वर मार्गमा आउँदो कार्तिक १ गते आयोजना गरिने उक्त कार्यक्रमको आवश्यक तयारी तिब्र पारिएको जानकारी दिइयो ।
दिउँसो साढे तीन बजेबाट साँझ ९ बजे सम्म हुने सो कार्यक्रममा तिहारे संस्कृती जगेर्णा गरिने साँस्कृतीक कार्यक्रम, लक्ष्य व्याण्डको लाइभ प्रस्तुती, चर्चित स्थानिय कलाकारहरुको प्रस्तुती तथा आकर्षक नृत्यहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सर्वेश्वर व्यवसायी समितिको सचिवालय सञ्चालन गर्ने, गरिब तथा जेहेनदार छात्र÷छात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने, दृष्टिविहीन बालबालिकालाई सहयोग गर्ने, सर्वेश्वर क्षेत्रको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गर्ने, बजारलाई सुसंगठित पार्दै व्यवसायिक उपयोगी तालिमहरु सञ्चालन गरिने लगायतका उद्येश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक यादवप्रसाद पोखरेल जानकारी दिए ।

कार्यक्रमको अनुमानित आय १५ लाख तथा खर्च ५ लाख रहेको छ । कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको छ । समितिको सह–संयोजकमा बालकृष्ण भण्डारी, सदस्य सचिमा तुलबहादुर थापा, आर्थिक उपसमिति संयोजकमा एकनारायण पनेरु, प्रचार–प्रसार उपसमिति संयोजकमा विशाल अधिकारी, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा अब्दुल वाहिद रहेका छन् ।

त्यसैगरि मञ्च व्यवस्थापन उपसमिति संयोजक मुक्तिराम दाहाल, कलाकार व्यवस्थापन उपसमिति संयोजक तुलबहादुर थापा, जलपान तथा खाना व्यवस्थापन उपसमिति संयोजक लोकनाथ आचार्य, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक विरेन्द्र कुँवर, अतिथि सत्कार उपसमिति संयोजक कृष्ण पौडेल, महिला परिचालन उपसमिति संयोजक नारायणी दवाडी, मायाको चिना उपसमिति संयोजक कर्णबहादुर भुवाजी, युवा परिचालन उपसमिति संयोजक प्रकाश आचार्य र प्राविधिक व्यवस्थापन उपसमिति संयोजकमा छविलाल गौतम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समितिका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष एकनारायण पनेरुले स्वागत,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य तथा महासचिव तुलबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %