देवदहमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 7 Second

गोविन्द घर्ती
Image may contain: 2 people, people sitting

असोज २८ । रुपन्देहीको देवदहमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको ११ औं बार्षिक साधारणसभाको अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका उपसभापति कृष्ण न्यौपाने र कोलिय साकोसका अध्यक्ष सुवकान्त न्यौपानेको संयुक्त अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्याल, बुटवल व्लड बैकका संयोजक मित्रलाल न्यौपाने लगायतले रक्तदानले कसैको जीवनदान हुने भएकोले रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सचिव जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी पल्लवी बचत तथा ऋण सहकारी संस्थाको छैठो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । संस्थाका कार्यवहाक अध्यक्ष विनोद शर्माको अध्यक्षता, भिप्रसाद न्यौपानेको स्वागत र कार्यक्रम संयोजक यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %