शेयर धनी व्यवसायी बन्न आवश्यक

Read Time:3 Minute, 40 Second

गोविन्द घर्ती

असोज २८ । सहकारीहरुले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउनु पर्ने राष्ट्रिय सहकारी बैठकका प्रवन्धक केवी उप्रेतीले बताउनु भयो ।

उहाले अहिले आएको सहकारी ऐनले एक सहकारी एक सदस्यको व्यवस्था गरेकोले एउटै सहकारीको मात्र सदस्य हुनु पर्नेमा जोड दिनु भयो । उहाले राष्ट्रिय सहकारी बैकले सहकारीहरुलाई सहयोग गर्न तयार रहेकोमा जोड दिनु भयो । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको ११ औं बार्षिक साधारणसभाको अवसरमा उक्त कुरा बताउनु भयो । उहाले सहकारीहरु वीच एकिकरणको आवश्य रहेको बताउदै सहकारीहरु वीच समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले सहकारी मार्फत गरिवी न्यूनिकरण गर्न स्थानीय निकायले पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

संस्थाका प्रमुख सल्लाहकार अर्यालले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन सहकारीहरुले सिपमुलक तालिम प्रदान गर्नुपर्ने बताउनु भयो । संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा व्लड बैक बुटवलका संयोजक मित्रलाल न्यौपाने, संस्थाका सल्लाहकार जयकिशन अधिकारी, शेयर सदस्य दिनानाथ अर्याल, तिलोत्तमा ज्ञवाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सदस्य, विद्यार्थी, शेयर सदस्य बृद्धि गर्न सहयोग गर्ने सदस्य, उत्कृष्ट ऋणि, बचत कर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन, सचिव खेमानन्द ज्ञवालीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन र लेखा संयोजक वावुराम पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा खेमानन्द ज्ञवाली, सचिवमा हरिप्रसाद पाण्डे, कोषाध्यक्षमा जागेश्वर पंगेनी रहनु भएको छ । सदस्यहरुमा गुरुदत्त न्यौपाने, गीता रुचाल, राजकुमार श्रेष्ठ, डिल्लीराम सापकोटा, पिताम्वर खरेल, धनबहादुर मोक्तान, मेघनाथ पौडेल, त्रिलोचन दहाल, सरस्वती वस्याल, गणेशकुमार खाती रहनु भएको छ । साधारणसभाले गणेश डुम्रेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा चन्द्रमणि पाण्डे, अशोक पाण्डे रहनु भएको छ । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %