विनोद रखाली मगर
तनहुँ, असोज २८ – नेपाल मगर संघ शुक्लागण्डकी नगर कार्य समितिको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । “भाषा सस्ंकार, संस्कृती हाम्रो पहिचान, शिक्षा नैतिक सामाजिक एवः आर्थिक संम्बृद्धि हाम्रो अभियान” भन्ने उद्धघोषका साथ आयोजित साधारण सभाको उद्धघाटन गर्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले आदिवासी जनजातीको भाषा , सस्ंकार र संस्कृती जगेर्ना देशकै गहना रहेकाले जगेर्नाका लागी राज्य र सम्बन्धित समुदाय जागरुक हुनुपर्नेमा जोड दिनुभयो । साथै थापा मगरले राजनितिक दलहरुले पहिचानको मुद्धालाई चुनावका बेला चर्को नारा लगाउने तर कार्यान्वयनका समयमा लुसुक्क भाग्ने गरेको भन्दै कडा आपत्ति जनाउनुभयो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष इन्द्र थापा मगर , राष्ट्रिय मौलिक कौरा समितिका केन्द्रीय अध्यक्ष हर्क आले मगर , नेपाल मगर संघ तनहुँका उपाध्यक्ष गिता थापा मगर, राष्ट्रिय मौलिक कौरा समितिका केन्द्रीय उपाध्यक्ष तारामाया थापा मगर , नेपाल मगर संघ तनहुँका सचिव मनिराज राना मगर लगाएतले वोल्नुभएको थियो । कार्यक्रममा खैरेनीटार मगर समाजको मौलिक कौरा नृत्य र लोकगायक अनुराग थापा मगरको साङ्गीतिक प्रस्तुतिले दर्शकको बाक्लो तालि पाएको थियो ।
यसैविच संघका कोषाध्यक्ष दानमाया थापा मगरले प्रस्तुत गर्नुभएको करिव रु. ८ लाख ६० हजार बराबरको आर्थिक प्रतिवेदन र समितिका सचिव सुमन आले मगरले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसहमतिले पारित गरेको थियो ।
समितिले आगामी दिनमा छात्रवृति कार्यक्रम, महिला युवा लक्षित कार्यक्रम, नेतृत्व विकाश , मगर भाषा एवः लिपि कार्यक्रम लगाएत खेलकुद र साङ्गठनिक कार्यक्रम सृद्दिढ गर्ने भावि योजनाहरु अगाडि सारेको सघंका अध्यक्ष खड्गसिंह थापा मगरले बताउनुभयो ।
स्थानिय मगर समुदायको उपस्थितीले खचाखच भरिएको नेवा समाज हल दुलेगौँडा तनहुँको सभाहलमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष होममाया थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन समितिका सचिव सुमन आले मगर र समितिका अध्यक्ष खड्गसिंह थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
