गोविन्द घर्ती
असोज २७ । नियमित बचत गर्ने वानीले मात्र समृद्ध जीवन यापन हुने जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले बताउनु भएको छ ।
उहाले सहकारीहरु नेता भन्दा पनि नितिगत संचालन हुनु पर्नेमा जोड दिएका थिए । नवप्रभाव महिला बचत तथा ऋण सहकारी संस्था देवदहको १०औ बार्षिक साधारणसभा एवं तेश्रो अधिवेशनको क्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । अर्यालले सहकारीहरुले आफना शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने गरी योजना निर्माण गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । सहकारी संस्थाका अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक सरला सुवेदी, पल्लवी बचत तथा ऋण सहकारी संस्थाका विनोद शर्मा, निर्माण बहुदेश्यीय सहकारी संस्थाका रामप्रसाद कडेल, चेली कृषि सहकारी संस्थाका सावित्री वस्याल, रुका सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा बार्षिक कारोवार, विद्यार्थी, नियमित बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक प्रतिवेदन, सचिव तुल्सा मरासिनीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भगवती शर्माले आर्थिक प्रतिवेदन र लेखा संयोजक तुल्सीमाया थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । व्यवस्थापक शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
