गोविन्द घर्ती
असोज २७ । रुपन्देहीको देवदहमा अन्र्तराष्ट्रिय ग्रामिण महिला दिवस–२०७४ को अवसरमा शान्ति र्याली सम्पन्न भएको छ ।
व्यूझिएका नेपाली गाउले महिला समाज, महिला जागरण सहयोग समुहको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । देवदह–८, वंगालीमा रहेको वाचको कार्यालयबाट शुरु भएको र्याली शान्तिनगर हुदै पुनः वाचको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षता, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता र वाचका संस्थापक डा. नारायणकाजी श्रेष्ठको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा व्यूझिएका नेपाली ग्रामिण महिला सञ्जालका सिता पोखरेल, सामुदायिक महासंघका सल्लाहकार अफसरा चापगाई लगायतले बोल्नु भएको थियो । सोही अवसरमा व्यूझिएको नेपाली ग्रामिण महिला समाजको दोश्रो साधारणसभा, महिला जागरण सहयोग समुहको १७औं बार्षिक साधारणसभा र परिवर्तनका लागि कार्यरत महिला समुह वाचको २५औं बार्षिक साधारण सभा समेत सम्पन्न भएको छ ।
त्यसैगरी महिला जागरण सहयोग समुहले आयोजना गरेको ५ दिने हामी सक्छौं, गर्नेछौं भन्ने शिर्षकमा आयोजित तालिमको समेत सम्पन्न भएको छ । उक्त संघसंस्था महिला हिंसा न्यूनिकरण, महिलाहरुको आर्थिक स्तर बृद्धि तथा महिलाहरुको सचेत वृद्धि गर्ने गरी विगत लामो समय देखि क्रियाशिल रहेको छ । विष्णु घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
